४ जेष्ठ २०८१, शुक्रबार

प्रि–बजेटमाथिको छलफल सकिंदै, अर्थमन्त्रीले आज जवाफ दिंदै


डा. प्रकाशशरण महत

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथिको छलफल सकिंदै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार प्रि–बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिंदै छन् ।

अर्थमन्त्री डा. महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारदेखि प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिने भएका हुन् ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !