२३ बैशाख २०८१, आइतबार

एमालेले टोपबहादुरलाई तत्काल कुनै कारबाही नगर्ने, अदालतको निर्णय कुर्ने


एमाले सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई तत्काल कुनै कारबाहीका लागि प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई कुनै कारबाही नगर्ने र रायमाझी दोषी भए-नभएको हेर्न अदालतको निर्णय कुर्ने समेत भएको हो ।

यद्यपि एमालेले रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय भने गरेको छ । आजको सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले रायमाझीले कानुनी प्रक्रियालाई सघाउनुपर्ने एमालेले निर्णय गरेको बताए ।

गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको बताए । आजको बैठकले रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको उनले स्पष्ट पारे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव रायमाझी मुछिएपछि एमालेको सचिवालय बैठक बसेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

यो पनि पढ्नुहोस्

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !