१५ बैशाख २०८१, शनिबार

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय


मन्त्रिपरिषदको बैठक

काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धी समस्या सम्बोधन गर्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलसमक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न अध्यादेश पठाउने निर्णय गरेको हो ।

सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने भएको हो । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज अध्यादेश पठाउने निर्णय भएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !