२० बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोषकुमार पाण्डेले शपथ ग्रहण गरेका हुन् । बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने बताइएको छ ।

आजै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई आज पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता चौधरी हिजो नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !