२४ बैशाख २०८१, सोमबार

नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न रविलाई बाबुरामको प्रस्ताव


डा. बाबुराम भट्टराई र रवि लामिछाने

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायत नयाँ पार्टीका नेताहरुलाई प्रस्ताव राखेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै भट्टराईले देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न प्रस्ताव राखेका हुन् ।

उनले एक दशकदेखि देशमा नयाँ शक्ति वा वैकल्पिक शक्तिको आफू पैरवीकर्ता भएको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदयलाई आफू सकारात्मक ठानेको पनि बताएका छन् । उनले सबैले एकअर्काका अनुभवबाट सिकौं भनेर पनि लेखेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एक दशकदेखि देशमा नयाॅ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका नयाॅ पार्टीहरूको उदय सकारात्मक ठान्दछु ! सबैले एकअर्काका अनुभवबाट सिकौं । देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाॅ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !