२० बैशाख २०८१, बिहिबार

चितवन-२ मा पनि सुरू भयो मतगणना


चितवन-२ मा पनि सुरू भयो मतगणना

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि २ बजेपछि मात्र गणना सुरु भएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । चितवनको इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा थिए ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !