१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नआएपछि भारत लैजाने तयारी


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई हिजो महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएकोले थप उपचारका लागि आज बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजाने तयारी गरिएको हो । उनको उपचारमा सरकारले पनि पहल गरेर एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको हो ।

स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भएपनि राष्ट्रपति पौडेलले यसअघि अस्वीकार गर्दै आएका थिए । केही समयअघिदेखि राष्ट्रपति पौडेलको स्वास्थ्यमा गढबढ आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !