१९ बैशाख २०८१, बुधबार

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता


अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग मन्त्री डा. महतको भेट भएको हो ।

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीकाे प्राथमिकताका बारेमा चर्चा गरेका थिए । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !