१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !