२० बैशाख २०८१, बिहिबार

रवि लामिछानेका ड्राइभर घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते


रवि लामिछानेका ड्राइभर गएराति सुतेको चितवनस्थित घर रवि लामिछानेका ड्राइभर गएराति सुतेको चितवनस्थित घर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको गाडी चालक (ड्राइभर) घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !