२१ बैशाख २०८१, शुक्रबार

ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय


ढाकाकुमार श्रेष्ठ र विन्दबासिनी कंसाकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पद खारेज गरेर रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको हो ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको हो । आज केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

रास्वपाको केन्द्रीय समिति बैठकले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । पार्टी सभापति लामिछानेले अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको बताए ।

यो पनि पढ्नुहोस्

ढाकाकुमारको सांसद पद खारेज, पार्टीको साधारण सदस्यबाट समेत हटाइयो

जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरुद्धको चौतर्फी प्रहार हो : ढाकाकुमार श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !