२२ बैशाख २०८१, शनिबार

ढाकाकुमारको सांसद पद खारेज, पार्टीको साधारण सदस्यबाट समेत हटाइयो


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरेको छ । काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । आज केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरुद्धको चौतर्फी प्रहार हो : ढाकाकुमार श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !