४ जेष्ठ २०८१, शुक्रबार

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरी सरकारले काम गर्छ : उपप्रधानमन्त्री खड्का


पूर्णबहादुर खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ काे प्रथम क्षेत्रीय अधिवेशनकाे साेमबार पन्चपुरी नगरपालिकाकाे बावियाचाैरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानकाे सुदृढीकरण गर्न र देशकाे तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

‘संघ र प्रदेशकाे निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छाैं, संघीय लाेकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छाैं, तिब्रतर गतिमा देशकाे विकास गर्छाैं भनेका थियाैं, उपप्रधानमन्त्री खड्काले भने, ‘चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेकाे सरकार लागिरहेकाे छ ।’

उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेकाे बताउँदै याे बीचकाे समय खेर गएकाे बताए ।

उनले पुस १० काे अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेकाे बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए ।

सरकारले अहिले सार्वजनिक गरेकाे न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए । उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकासको गतिलाई तिब्र पार्नेगरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !