२० बैशाख २०८१, बिहिबार

सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप हो : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताए ।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !