२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने पहिलो कार्यसूची रहेको छ ।

यस्तै सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने दोस्रो कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित तेस्रो कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !