२२ बैशाख २०८१, शनिबार

कोशी प्रदेशको नामकरण पहिचानकै पक्षमा हुनुपर्ने माओवादीको ठहर


माओवादीको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरण पहिचानकै पक्षमा हुनुपर्ने ठहर गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

प्रदेशसभामा कोशीको पक्षमा भोट मतदान गरेको माओवादी केन्द्र कोशी प्रदेशको नामकरणको विषयमा आफ्नो निर्णयबाट पछि हटेको हो । माओवादीले कोशी प्रदेशमा आफ्नो पार्टीले गल्ती गरेको निष्कर्ष निकालेको हो ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका थिए । प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका थिए ।

कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ । माओवादी केन्द्रले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो ।

माओवादीले कोशी प्रदेश नामाकरण भएपछि पहिचानको आन्दोलनको क्रममा भएको मृत्तक भएकाहरूलाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !