२० बैशाख २०८१, बिहिबार

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी कायम रहने


रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता

चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहने भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका थिए ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको हो । लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !