२१ बैशाख २०८१, शुक्रबार

संसद बैठकमा सांसदको संख्या न्यून भएको भन्दै खतिवडाद्वारा ध्यानाकर्षण


रामहरि खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताए ।

“प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न”, उनले भने, “संसद् हाजिर गर्ने र हिड्ने (हाटा) माध्यम नबनोस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !