२० बैशाख २०८१, बिहिबार

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ आज हुँदै


रामसहाय प्रसाद यादव फाइल फोटो

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथग्रहण कार्यक्रम आज हुँदैछ । उपराष्ट्रपति यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिंदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम रहेको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए ।

निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको थियो । निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हिजो दिउँसो बुझाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !