
काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पुष्करविक्रम शाही निर्वाचित भएका छन् । आज आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शाहीले ६१९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत मात्र प्राप्त गरेका छन् । नेविसंघका शाही २४३ मतान्तरले विजयी भएका हुन् ।