२६ बैशाख २०८१, बुधबार

सरकारद्वारा मन्त्री र कमर्चारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक


प्रधानमन्त्री कार्यालय

काठमाडौँ । सरकारले मन्त्री र उच्च तहका कमर्चारीलाई अत्यावश्यक काम बाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ । सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो ।

हिजो मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अतिआवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि सरकारले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !