४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशकबीच भेटवार्ता


गणेशप्रसाद तिमिल्सिना र डा. पुनम क्षेत्रपाल सिंह

काठमाडौँ । संघीय संसद नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गरिन् । त्यसैगरी अध्यक्ष तिमिल्सिनाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय र क्षेत्रीय कार्यालयको प्रशंसा गरे ।

२०७२ सालको महाभूकम्प र कोभिड-१९ महामारीका कारण नेपालले स्वास्थ्य सङ्कट बेहोर्नु परेको कठिन समयमा विश्व स्वास्थ्य संगठनले नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद व्यक्त गर्दै नेपाल जस्ता देशहरूले सर्ने र नसर्ने दुवै खाले रोगको दोहोरो मार खेप्नुपरेको चूनौतीपूर्ण अवस्थातर्फ ध्यानाकर्षण समेत गराएका छन् । सूर्तीजन्य पदार्थमा न्यून कर रहेकोले नेपालले कर बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रमा बजेट बढाउन नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराउनेमा जोड दिए ।

भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा हाँसिल गरेको उपलब्धि र स्वास्थ्य सरोकारका विषयमा राष्ट्रिय सभाका अध्यक्षज्यूको नेतृत्वमा जनप्रतिनिधि परिचालन सम्बन्धमा भएका कार्यको उच्च प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आगामी दिनमा पनि नेपाललाई सक्दो सहयोग गर्ने बताइन् ।

गणेशप्रसाद तिमिल्सिना र डा. पुनम क्षेत्रपाल सिंह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !