२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति निर्वाचन : नयाँ वानेश्वरमा मतगणना सुरु


राष्ट्रपतिको निर्वाचन मतगणना सुरु

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राष्ट्रपतिको निर्वाचनका मतगणना सुरु भएको हो ।

आज भएको राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान भएको थियो । आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

संघीय संसद्का ३३४ जना सदस्यहरुमध्ये ३१३ जना र प्रदेशसभातर्फका ५५० जनामध्ये ५१८ गरी ८३१ जना सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ थियो ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचनमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सकियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !