१४ बैशाख २०८१, शुक्रबार

उपेन्द्र यादव भन्छन् – अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हन्छ


उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । हिजो शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवका अनुसार प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । उनले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !