१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ नामकरण : किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमाथि छलफल प्रारम्भ


प्रदेश १ प्रदेशसभा

विराटनगर । प्रदेशको नामकरण टुंगो लगाउनको लागि जारी प्रदेश १ को प्रदेशसभा बैठकमा टेबल गरिएको प्रस्तावित प्रदेशको नाम किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत भएको छ ।

प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश–१ को नाम किराँत–लिम्बुवान–सगरमाथा राख्न प्रस्ताव दर्ता गराएका नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनसमक्ष टेवुल गरेको उक्त प्रस्तावलाई छलफलका लागि स्विकार्दै प्रदेशसभाले सो प्रस्तावलाई अस्विकार गरेको हो ।

प्रदेशसभाको बहुमतले कोसी प्रदेशलाई छलफलका लागि स्विकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत-लिम्बुवान-सगरमाथाको प्रस्ताव स्वत: अस्वीकृत भएको प्रदेशसभालाई जानकारी गराएका थिए ।

सभामुख बाबुराम गौतमले नेकपा (एमाले) का प्रदेशसभा सदस्य रामबहादुर मगरलाई आफ्नो प्रस्ताव कोसीको नाम बहुमतले छलफलका लागि स्विकार भएको प्रदेशसभालाई जानकारी गराएसंगै उक्त प्रस्तावमा छलफल सुरु भएको हो । उक्त प्रस्तावमा छलफल सकिएपछि आजै मत विभाजन हुनेछ ।

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जनाको संसद छन् । नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित नाम टेबल

नामाकरण टुंग्याउन प्रदेश १ प्रदेशसभाको बैठक सुरु

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !