६ बैशाख २०८१, बिहिबार

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


प्रदेश १ प्रदेशसभा

विराटनगर । अन्तत: लामो रस्साकस्सीपछि प्रदेश नम्बर १ को नाम टुंगो लाग्ने भएको छ । प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।

नेकपा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र, कांग्रेस र एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए । प्रदेश १ को नाम कोसी राख्ने गरी प्रदेशसभा बैठकमा पेस गर्न राजनीतिक दलहरुले सहमति जुटाएका हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले यो दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशको नामाकरण टुंगो लागेर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रदेश १ का नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभाको नामकरणको विषयमा कोशी, कोशी किराँत, सगरमाथा वा सगरमाथा किराँत के राख्ने भन्ने विषयमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !