८ बैशाख २०८१, शनिबार

नामाकरण टुंग्याउन प्रदेश १ प्रदेशसभाको बैठक सुरु


प्रदेश १ प्रदेशसभा

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक शुरु भएको छ । प्रदेशको नामकरण टुंगो लगाउनको लागि प्रदेशसभाको बैठक सुरु भएको हो ।

प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण प्रदेश सभामा टेबल हुने कार्यसुची छ । प्रदेशमा नामकरणका लागि ‘कोसी’ प्रदेश र ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरेका छन् । प्रदेशसभा सचिवालयमा बुधबार दुवै दलले प्रदेश १ को नामकरणका लागि कोसी नाम दर्ता गराएका हुन् । एमालेका रामबहादुर मगर प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थन कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका छन् ।

प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट पनि प्रस्ताव दर्ता भएको छ । दुवै दलले ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरी दर्ता गराएका छन् ।

नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा दर्ता गराइएको हो ।

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जनाको संसद छ। नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !