१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई


माओवादीको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक केही समयअघि सकिएको हो ।

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

आज बसेको पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका थिए । प्रवक्ता महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएतापनि कुनै व्यक्तिका विषयमा छलफल नभएको उनले स्पष्ट पारे ।

महराले आगामी फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले १२ गतेसम्म अवश्य सहमति हुने बताए । उनले संविधानको रक्षाका लागि नै माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजेको प्रष्ट पारे ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !