१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल


प्रचण्ड र माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई शीर्ष नेताहरुबीच छलफल भएको हो ।

उनीहरुबीच फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । कम्युनिष्ट नेतृत्वको सरकारलाई निरन्तरता दिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गर्न सक्ने प्रवल सम्भावना रहेको बाहिर चर्चा चलेको बेला प्रचण्ड र नेपालको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।

ओलीले नेपाललाई राष्ट्रपतिमा सिफारिस गरेमा बृहत कम्युनिष्ट एकता फेरि हुनसक्ने सम्भावनाको ढोका खोलिने कम्युनिष्ट विचारधाराका राजनीतिक विश्लेषकहरुले बताउदै आएका छन् । यसअघि हिजो आइतबार बेलुकी प्रधानमन्त्री प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !