१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डसँग विष्णु पौडेल र रवि लामिछानेले गरे भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । आज सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरू प्रधानमन्त्री प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

हिजो आइतबार बेलुकी पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेताहरुले राष्ट्रपतिको निर्वाचनका सम्वन्धमा काँग्रेसका उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र लामिछाने बीच भएको भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएकाे बालुवाटार स्राेतले बताएकाे छ । माओवादी केन्द्रको आजै अपरान्ह बस्ने पदाधिकारी बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने हिजो बताएका थिए । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता फागुन १३ गते भएकोले सोही दिन एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !