२१ बैशाख २०८१, शुक्रबार

नेपाल भन्छन् – सरकार धेरै दिन टिक्दैन, राजनीति जता पनि मोडिन सक्छ


माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दावी गरेका छन् ।

आज शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा आज आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन कै नेताहरुले गठबन्धन लामो समयसम्म नटिक्ने बताएकोले सरकार धेरै दिन नटिक्ने जिकिर गरे ।

उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउदै अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको संकेत गरे ।

सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गरे । नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेकाले सङ्घीयता र संविधानमाथि नै खतरा रहेको अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्काे गठबन्धन भएकाले यो गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने दाबीसमेत गगरे ।

उनले मोरङको लेटाङमा शनिबारदेखि सुरु हुने १ नं प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनका लागि मदन भण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा उदयपुर पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !