२४ बैशाख २०८१, सोमबार

सांसद भण्डारीको दुइटै खुट्टाको अप्रेशन सफलतापूर्वक सम्पन्न


भण्डारीको दुइटै खुट्टाको अप्रेशन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको पहिलो अप्रेशन सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेता भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन सफलतापूर्वक सम्पन्न भएको हो ।

मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलकाअनुसार दुईवटा खुट्टाको अप्रेशन भएको हो । भण्डारीको दाँया खुट्टामा बाँयाको तुलनामा गहिरो घाँउ रहेको छ भने दोस्रो अप्रेशनबारे छलफल हुदैछ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी उनले बताएका छन् ।

उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ । चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारीका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गरिरहेका छन् । दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !