२१ बैशाख २०८१, शुक्रबार

आज फागुन १ गते २८ औं जनयुद्ध दिवस, सार्वजनिक विदा


जनयुद्ध दिवस

काठमाडौं । आज फागुन १ गते २८ औं जनयुद्ध दिवस मनाइँदै छ । हिजो आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आज फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

तत्कालीन नेकपा माओवादीले २५ वर्षअघि २०५२ साल फागुन १ गतेबाट सशस्त्र द्वन्द्व अर्थात ‘जनयुद्ध’ शुरुवात गरेको दिनको सम्झनामा तत्कालिन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १७ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालिन माओवादीले नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

बि.सं. २०६३ सालमा बिस्तृत शान्ति सम्झौता गरेर १० वर्षे जनयुद्धको अन्त्य भयो र मुलुकमा संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतको बलमा गणतन्त्र स्थापना तथा संविधानसभाबाट नयाँ संविधान निर्माण हुंदै देशले संघीयताको अभ्यास गरिरहेको छ ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो ।

सो जनयुद्धमा हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १७ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको एवं आफ्नो स्वार्थमा जुट्ने र फुट्ने गरेको भन्दै आम नागरिक र कार्यकर्ता निराश बनेका छन् ।

यस्तो छ गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

गृह मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !