२० बैशाख २०८१, बिहिबार

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका प्रदेशसभाको बैठक स्थगित


सुदूरपश्चिम प्रदेशसभा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी पूर्वनिर्धारित दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले अव भोलि बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार भोलि माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ ।

यद्यपि उनले विश्वासको मत पाउने भने निश्चित छैन । विश्वासको मत पाउनको लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।मुख्यमन्त्री रावलले अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि गठबन्धनकै दल नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !