२३ बैशाख २०८१, आइतबार

डा. गीताभक्त जोशी राप्रपाको कोटाबाट योजना आयोगको सदस्यमा नियुक्त


डा. गीताभक्त जोशी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यका लागि डा. गीताभक्त जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले जोशीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

गत बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीलाई पार्टीको तर्फबाट आयोगमा पठाउने निर्णय गरेको थियो । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका जोशीले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन गरेका थिए ।

यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए भने सदस्यमा केही दिनअघि माओवादी केन्द्रको कोटाबाट रामकुमार फुयाँल तथा एमालेको कोटाबाट कुशेन्द्र महत र डा. सुशील ज्ञवाली नियुक्त भएका थिए ।

बिगतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी यसअघि योजना आयोगको सदस्य भएका थिए । यस्तै सो समयमा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नै थिए ।

लामो समय महेन्द्र रत्न क्याम्पसमा प्राध्यापन गरेका उनी बिगतमा राप्रपा विभाजन हुनुअघि शाही कालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा सल्लाहकार समूहको विज्ञका रुपमा काम गरेका उनलाई त्योबेला त्रिभुवन विश्वविद्यालयको रजिस्टार भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !