१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली आज बिहान बालुवाटार पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय नदिने बताएपछि लामिछानेले हिजो ओलीलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि लामिछानेले बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए ।

रविलाई नै पुन: गृहमन्त्री बनाउन एमालेले ग्रिन सिग्नल दिंदै आएको छ । माओवादी केन्द्रले लामिछानेलाई सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म उपप्रधान एवं गृहमन्त्री नबनाउने भएको छ । देशमा केही दिनयता विकसित घटनाक्रमले सत्ता गठबन्धन संकटतर्फ उन्मुख भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !