२० बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित


माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बस्ने भनिएको माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो ।

बैठकको आवश्यक तयारी नपुगेको र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !