२५ बैशाख २०८१, मंगलबार

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दोस्रो दिनको बैठक जारी रहेको हो ।

प्रधनमन्त्री प्रचण्डको कार्यव्यस्तताका कारण माओवादी केन्द्रको पूर्वनिर्धारित पदाधिकारी बैठक डेढ घण्टा पछि सारिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पदाधिकारी बैठक डेढ घण्टा पछि सारेका थिए ।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

जारी पदाधिकारी बैठकमा मुख्य रुपमा राष्ट्रपति र गृहमन्त्रीको बारेमा छलफल केन्द्रित भएको बताइएको छ । यसका साथै आगामी संगठनिक योजना, कार्य विभाजनका विषय समेत छलफलको एजेण्डा रहेका छन् । आजको पदाधिकारी बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !