२३ बैशाख २०८१, आइतबार

आज मन्त्रिमण्डल विस्तार हुँदै, नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने


सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको हिजो सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।

गठबन्धनमा सहमति अनुसार एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो ।

यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । माओवादीले भौीतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति भएको हो ।

त्यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय पाएको हो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको हो ।

जनमत पार्टीले एक मन्त्री पाएको हो । जनमत पार्टीले उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । जसपालाई २ वटा मन्त्रालय दिएपनि उपराष्ट्रपतिको माग गरेको असन्तुष्ट जसपाले स्वीकार गरिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !