२३ बैशाख २०८१, आइतबार

आफूलाई विश्वासको मत दिने दलसँग प्रधानमन्त्रीले आज छलफल गर्दै


सत्ता गठबन्धन बालुवाटार फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिने दलहरूसँग आज छलफल गर्दैछन् । सत्ता समीकरणबारे थप छलफल गर्न सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक आज बस्ने भएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार भएको भेटवार्तापछि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने र सभामुखलगायत सन्तुलन मिलाउने विषयमा छलफल गर्न बैठक आज बस्न लागेको बताएका थिए ।

सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । यद्यपि प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उम्मेदवारको समेत टुंगो लगाइसकेको छ ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !