२३ आश्विन २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने त्रिभुवन विमानस्थलमा


त्रिभुवन विमानस्थल

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने  काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् ।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका साथै आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

निरीक्षणमा प्रधानमन्त्रीका साथै गृहमन्त्री लामिछाने लगायत सरकारी अधिकारीहरू छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !