२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूत छन सङद्वारा ओहोदाको प्रमाणपत्र पेश


विद्यादेवी भण्डारी र छन सङ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !