२३ बैशाख २०८१, आइतबार

सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु


सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको हो ।

सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रदेश सरकार गठनको समय नजिकिएपछि सहमति जुटाउन सत्ता साझेदार दलको दलको बैठक बसेको हो ।

बालुवाटारमा जारी बैठकबाट ७ वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने तयारी गरिएको छ । यसका साथै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !