२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेमा नेपाल र यादवले दिए ‘ग्रिन सिग्नल’


प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘ग्रिन सिग्नल’ दिएका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेकोमा दुवै अध्यक्षहरु सकारात्मक देखिएका हुन् । आजको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले पर्सी मंगलबार संसदबाट लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउन खोजिरहेका गरिरहेका छन् । जसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले अझसम्म यस विषयमा केही निर्णय गरिसकेको छैन ।

यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यो पनि पढ्नुहोस्

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग नेपाल र उपेन्द्रको भेटवार्ता

बृहत् वाम एकताका लागि माओवादीद्वारा पाँच सदस्यीय कार्यदल गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !