१४ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग नेपाल र उपेन्द्रको भेटवार्ता


प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले पर्सी मंगलबार संसदबाट लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउन खोजिरहेका गरिरहेका छन् । जसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले अझसम्म यस विषयमा केही निर्णय गरिसकेको छैन ।

जसपाले राख्दै आएका मागहरू पुरा गर्न सकारात्मक देखिएकाले जसपाले सरकार विश्वासको मत दिने निर्णय गरेको हो । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रममा धेरैजसो आफ्नो पार्टीको माग सम्बोधन भएकोले जसपाले सरकारलाई विश्वासको मत दिने भएको हो ।

यस्तै बृहत् वाम एकताका लागि माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल गठन गरिसकेको छ । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

त्यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले वामपन्थी एकताको लागि भन्दै कार्यदल गठन गरेर छलफल अगाडि बढाएका छन् । बृहत् वाम एकताका लागि प्रयास जारी रहँदा तीन शीर्ष नेताहरुबीच भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसका साथै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आज राजनीतिक समितको बैठकमार्फत एकताको अन्तिम तयारी रहेको बताएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच शानिबारको भेटवार्तामै तत्काल पार्टी एकता गर्ने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

बृहत् वाम एकताका लागि माओवादीद्वारा पाँच सदस्यीय कार्यदल गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !