२० बैशाख २०८१, बिहिबार

सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह


प्रचण्ड र माधव नेपाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल सिंहदरवार पुगेका नेपालसंग समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्न नेपाललाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको स्रोतले बताएको छ ।

आज बुधबार भएको एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।

यसका साथै उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ । एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !