१४ बैशाख २०८१, शुक्रबार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिन सक्ने


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिन सक्ने प्रवल सम्भावना रहेको छ । आजको बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकार र गठबन्धनमा सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने बुझिएको छ ।

एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन् । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !