२२ बैशाख २०८१, शनिबार

नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शपथ लिने


महेन्द्र राय यादव

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउने भएको हो ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउदै छन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा हिजो आयोजित समारोहमा २७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित थिए ।

आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !