२० बैशाख २०८१, बिहिबार

माधव नेपालको संकेत : राष्ट्रपति पदको लागि दावेदार उम्मेदवार हुँ


माधव नेपाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफू राष्ट्रपति पदको लागि दावेदार भएको संकेत गरेका छन् । नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेलमध्ये एक जना बन्ने खुलासा गरेपछि पत्रकारले सोधेको प्रश्नको उत्तर दिंदै अध्यक्ष नेपालले आफू राष्ट्रपति बन्नका लागि योग्य उमेरमा पुगेको बताएका हुन् । उनले यसअघि दुईपटक आफूले राष्ट्रपति पद अस्वीकार गरेको पनि स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !