१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत


बाग्मती प्रदेशसभा

बागमती । गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए ।

सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिनुभयो । प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षमा पुरुषतर्फ पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ तथा समानुपातिकतर्फ सात सय ५४ उम्मेदवारको बन्दसूची कायम भएको थियो । दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ पुरुष ७० र महिला ४० जना गरी एक सय १० जना निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार तीन सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार चार सय ९२ मतदाता थिए । सचिव दवाडीले आयोगको प्रतिवेदन आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु